क्योदाई रेमिट्यान्स - परिवारबाट परिवारलाई
नक्शा - Site Map
मुख्य पृष्ठ>क्योदाई रेमिट्यान्स: हाम्रो बारेमा

क्योदाई रेमिट्यान्स: हाम्रो बारेमा

क्योदाइ रेमिट्टान्स जापानको उनिदोस कम्पनी लिमिटेड अन्तर्गतको एक सेवा हो जसले अन्तर्राष्ट्रिय स्तरमा रकम स्थानान्तरण अर्थात मनी ट्रान्स्फर गर्ने काम गर्दछ । जुन जापानको क्षेत्रीय फाइनान्स ब्युरोमा दर्ता भएको छ (दर्ता अभिलेख नंबर ००००४)। क्योदाइ रेमिट्टान्सले विश्वव्यापी बैंकहरुमार्फत रकम ट्रान्सफरको लागि
अत्यावश्यक नियम पालनामा उच्च गुणस्तरियता एवम प्रशंसा समेत हाँसिल गर्न सफल भएको छ।

उद्देश्य : परिवारबाट परिवारसम्म

क्योदाई रेमिट्टान्सको ग्राहकमुखी सेवा सुबिधाले यहाँको मन जित्न सफल भएका छौं र यहाँको सन्तुष्टी नै हाम्रो सफलता हो। जुन सन्तुष्टीको माध्यम हामी यहाँको परिवारको एक सदस्यबाट अर्को सदस्यसँग जोडिएका छौं!!

क्योदाई रेमिट्टान्सले सुरक्षित रुपमा पैसा मात्र पठाउँदैन, आफ्नो मातृभूमिमा सहजै निकै कम समय र शुल्कमा सेवा प्रदान समेत गर्दछ । जुन बैंकमार्फत परम्परागत रुपमा रकम पठाउने तरिकाभन्दा कैयौ गुणा सुबिधाजनक मानिन्छ।

क्योदाई रेमिट्टान्स एक मात्र रेमिट्टान्स कम्पनि हो जसले विश्वको लगभग १५० ओटा देशसम्म आफ्नो रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको छ। कम्पनीले वैदेशिक रेमिट्टान्स सेवामार्फत नगद भुक्तानी मात्र नभएर बैंक खातामा भुक्तानी समेत गर्नको लागी सक्षम बनेको छ। .

क्योदाई रेमिट्टान्समा हाल विश्वका करिब १६ ओटा देशका कर्मचारीहरु आबद्ध छन् , जो यहाँहरुलाइ सकेसम्म यहाँकै मातृभाषामा गुणस्तरीय सेवा प्रदानको लागी हरदम तम्तयार अवस्थामा रहेका छन।


 अन्य जानकारी

यहाँहरुले पठाउनुभएको पैसा विश्वभरी रहेका हाम्रा विभिन्न साझेदार कम्पनीहरुद्वारा यहाँहरुको रिसिभरलाई छिटो-छरितो पुग्ने कुरामा विश्वत हुनुहोस् ।

जापानमा रहेका हाम्रा २० शाखाहरु तथा विभिन्न एजेन्ट एवम् ३२,००० भन्दा बेसी जापान पोस्ट बैंकका ATM मार्फत सजिलै पैसा पठाउन सक्नुहुन्छ भने

विश्वभरी रहेका १३ लाख भन्दा बेसी भुक्तानी केन्द्रबाट सजिलै रकम प्राप्त गर्न सक्नुहुनेछ ।

संसारभरि जडानहरू