क्योदाई रेमिट्यान्स - परिवारबाट परिवारलाई
नक्शा - Site Map
मुख्य पृष्ठ>घण्टी>क्योदाई फ्रेन्डस् क्याम्पियन २०२३ 🌸 साकुरा संस्करण 🌸

क्योदाई फ्रेन्डस् क्याम्पियन २०२३ 🌸 साकुरा संस्करण 🌸

🌸साकुरा संस्करण🌸  साथी चिनाउनुहोस्
१००० येन जित्नुहोस् !



🌸 क्योदाई रेमिट्यान्सको आयोजनामा २०२३ अप्रिल १ तारिख शनिबार देखि २०२३ अप्रिल ३० तारिख आइतबार सम्म , फ्रेन्डस क्याम्पियन साकुरा संस्करण चलिरहेको छ🌸। यहाँले क्योदाई रेमिट्यान्समा नयाँ साथीलाई चिनाइ, नयाँ साथीले दोस्रो पटक रेमिट्यान्स गर्नु भए पछि यहाँ र यहाँको साथीले १००० येन बराबरको गिफ्ट कार्ड प्राप्त गर्नुहुनेछ । गिफ्ट कार्ड प्राप्त गर्नको लागि यहाँ र यहाँको साथी दुबै पक्षले क्योदाई एप प्रयोग गर्नु पर्नेछ ।


कसरी भाग लिने ?
क्योदाई एप (KyodaiApp) मार्फत दर्ता

१. यहाँ क्योदाई एपको प्रयोगकर्ता हुनुपर्छ । यहाँको आफ्नो क्योदाई नम्बर यहाँको नयाँ साथीलाई दिनुहोस् ।

२. नयाँ साथीलाई क्योदाई एप  KyodaiApp (IOS or Android) बाट सदस्यता दर्ता गरि e-KYC प्रक्रिया पालना  गर्न लगाउनुहोस् । 

३. क्योदाई एपबाट दर्ता गर्ने क्रममा दसौ स्टेपमा  "referral by"  भन्ने बक्स आउछ जहाँ नयाँ साथीलाई यहाँको क्योदाई नम्बर राख्न लगाउनुहोस् ।

४. यहाँले चिनाउनु भएको नयाँ साथीले दोस्रो पटक रेमिट्यान्स गर्नु भए पछि यहाँ र यहाँको साथीले १००० येन बराबरको गिफ्ट कार्ड प्राप्त गर्नु हुनेछ ।

*यो पुरस्कार QUO Card द्वारा प्रदान गरिनेछ*


डाउनलोड गर्नुहोस्

      

      



कसरी भाग लिने ?
(काउन्टर मार्फत दर्ता)

१. यहाँ क्योदाई एपको प्रयोगकर्ता हुनुपर्छ । यहाँको आफ्नो क्योदाई नम्बर यहाँको नयाँ साथीलाई दिनुहोस् ।

२.  हाम्रो क्योदाईको कुनै पनि काउन्टरबाट सदस्यता दर्ता गर्न सक्नु हुनेछ ।

३.  नयाँ साथीलाई सदस्यता फाराम भर्ने क्रममा फारामको तल्लो भागमा रहेको "MGM" भन्ने बक्समा यहाँको क्योदाई नम्बर लेख्न लगाउनुहोस् ।

४. नयाँ साथीलाई पनि  "KyodaiApp"  डाउनलोड गरि  प्रयोग गर्न लगाउनुहोस् ।

५. यहाँले चिनाउनु भएको नयाँ साथीले दोस्रो पटक रेमिट्यान्स गर्नु भए पछि यहाँ र यहाँको साथीले १००० येन बराबरको गिफ्ट कार्ड प्राप्त गर्नु हुनेछ ।

थप जानकारीको लागि कृपया हामीलाई सम्पर्क गर्नुहोस् ।



सर्त एवं नियमहरु

१.सामान्य नियमहरू

१.१. क्योदाई रेमिट्यान्सद्वारा २०२३ अप्रिल १ तारिख देखि २०२३ अप्रिल ३० तारिख सम्म संचालित यस अभियानले हाम्रा हरेक देश एवं राष्ट्रियताका आदरणीय ग्राहकलाई सम्बोधन गर्दछ।

१.२. यस अभियानले क्योदाई रेमिट्यान्स चिनाउने हाम्रा ग्राहकलाई पुरस्कृत गरि थप आफन्त तथा साथीभाईलाई रेमिट्यान्स गर्न प्रोत्साहन गर्दछ ।

१. ३. नयाँ साथी चिनाए बापत साथी चिनाउने र नयाँ सदस्य दुबै जनाले १००० येन बराबरको गिफ्ट कार्ड प्राप्त गर्नुहुनेछ। यद्यपी यस अभियानमा भाग लिए पछिको पहिलो रेमिट्यान्सको सेवा शुल्क नि:शुल्क भएको खण्डमा त्यसपछि को पहिलो रेमिट्यान्स प्रक्रियापछि यो पुरस्कार प्राप्त गर्नुहुनेछ।

१.४. यो अभियानमा सहभागी हुनको लागि यहाँले क्योदाई एप प्रयोग गर्नुपर्नेछ र यहाँको साथीले क्योदाई एप मार्फत सदस्यता दर्ता गरि e-KYC प्रक्रिया पुरा गर्नुपर्नेछ । साथै,वेबसाइड मार्फत ,हाम्रा काउन्टर मार्फत , फेस्टिबल -इभेन्ट मार्फत एवं हाम्रा कर्मचारीद्वारा मार्केटिङ मार्फत सदस्यता दर्ता गरि यस अभियानमा भाग लिन सकिनेछ । र पहिलो रेमिट्यान्स गर्नु अघि क्योदाई एप डाउनलोड गरि प्रयोग गर्नुपर्नेछ। तर क्योदाई प्रोमोटर मार्फत सदस्यता दर्ता गर्नु हुने नयाँ सदस्यहरु भने यस अभियानमा भाग लिन सक्नु हुनेछैन । यदि प्रोमोटर कोड र प्रस्तुतकर्ता कोड एकै समयमा राखिन्छ भने प्रोमोटर कोडको मान्यता हुनेछ र प्रस्तुतकर्ता र नयाँ सदस्य दुवै यस अभियानको लागि अयोग्य हुनेछन्।

१.५. क्योदाईका निर्देशक-संचालक, प्रोमोटर-एजेन्ट र कर्मचारी तथा तिनका परिवार सदस्यहरुलाई यस अभियानमा सहभागी गराइने छैन ।

१.६. क्योदाई कर्मचारीहरूले कुनै पनि नयाँ सदस्यहरू चिनाउन सक्नेछ यद्यपी नयाँ सदस्यले मात्र पुरस्कार प्राप्त गर्नेछन।.

१.७. १.४ मा उल्लेखित शर्तहरु ब्राजिल, फिलिपिन्स, पेरु र अन्य लाटिन अमेरिकी मुलुकका प्रवासीहरुको हकमा लागु हुने छैन् ।

१.८. यी नियम र सर्तहरू संशोधन गर्ने वा आवश्यक परेको खण्डमा कुनै पनि चरणमा प्रवर्द्धन, रद्द वा परिवर्तन गर्ने अधिकार क्योदाई रेमिट्यान्समा निहित छ।

२. e-KYC मार्फत सदस्यता दर्ता

२.१ यहाँले क्योदाई एपको लिङ्क नयाँ साथीलाई पठाई नयाँ साथीलाई क्योदाई एप मार्फत सदस्यता दर्ता गरि e-KYC प्रक्रिया पुरा गर्न लगाउनुहोस् ।

२.२.  यहाँको क्योदाई नम्बर यहाँको साथीलाई दिनुहोस् र क्योदाई एप मार्फत दर्ता गर्ने क्रममा "referral  By" भन्ने बक्समा नयाँ साथीलाई यहाँको क्योदाई नम्बर राख्न लगाउनुहोस् ।

२.३.  नयाँ सदस्यता दर्ता प्रक्रिया पुरा भएपछि क्योदाई मार्फत यहाँ र यहाँको नयाँ सदस्यलाई नियन्त्रण र फलोअप सूचीमा दर्ता गर्नेछ र नयाँ सदस्यको पहिलो रेमिट्यान्स प्रक्रियाको निरिक्षण गर्नेछ।

३. योग्यता, प्रवेश र पुरस्कार भुक्तानी

३.१. नयाँ सदस्यको पहिलो रेमिट्यान्स प्रकिया निरीक्षणको लागि प्रत्येक हप्ता सर्वेक्षण प्रक्रिया सञ्चालन गरिनेछ।

३.२.  यसको सर्वेक्षण प्रक्रिया सोमबारदेखि आइतबारसम्म सञ्चालन गरिनेछ जसमा नयाँ सदस्यले पहिलो पटक रेमिट्यान्स र दुवै पक्षले क्योदाई एप प्रयोग गरे या नगरेको निरीक्षण गरिनेछ, यी कुराको सही पुष्टी भएमा नयाँ सदस्य चिनाउने र नयाँ सदस्य दुवै जना आउँदो हप्तामा पुरस्कार प्रदान गरिनेछ । निरीक्षण प्रक्रिया २०२३ को अप्रिल ३० तारिख सम्म गरिनेछ । यो समयसम्म पहिलो रेमिट्यान्स नभएमा दुवैजना सदस्य यस अभियानबाट स्वतः खारेज हुनेछन । (नेपालीको हकमा दोस्रो रेमिट्यान्स पछि लागु हुनेछ।)

३.३.  पुरस्कारको भुक्तानी QUO कार्ड प्रणाली अनुसार गिफ्ट कार्डको उपलब्ध गराइनेछ।

३.४.  क्योदाईले पुरस्कार बापत १००० येनको गिफ्ट कार्ड यहाँ र यहाँको नयाँ साथीको ठेगानामा पठाईनेछ। तसर्थ यहाँहरुको हालको ठेगाना र हाम्रो सिस्टममा रहेको ठेगाना उही भए/नभएको पुष्टिका लागि हामीलाई सम्पर्क गर्नुहोस् ।

३.५.  यो अभियानमा फ्रेन्डस् क्याम्पियनको नियमित संस्करणको सर्त तथा नियमहरुलाई प्रशोधन गरिनेछ ।

साथै,साकुरा क्याम्पियनको अवधीमा नयाँ साथीलाई दर्ता गर्नु भएपछि अप्रिल महिना भित्र पहिलो रेमिट्यान्स (नेपालीको हकमा दोस्रो रेमिट्यान्स) गर्न नसकिएको खन्डमा अप्रिल महिना पछि २०२३ को डिसेम्बर ३१ तारिख सम्म पहिलो रेमिट्यान्स (नेपालीको हकमा दोस्रो रेमिट्यान्स) गर्नु भएमा नियमित चलिरहेको फ्रेन्डस् क्याम्पियन अनुरुप यहाँ र यहाँको साथीले ६०० येन बराबरको गिफ्ट कार्ड प्राप्त गर्नुहुनेछ ।