क्योदाई रेमिट्यान्स - परिवारबाट परिवारलाई
नक्शा - Site Map
मुख्य पृष्ठ>घटनाक्रम र थप>१२औं क्योदाई बाल चित्रकला प्रतियोगिता

१२औं क्योदाई बाल चित्रकला प्रतियोगिता[ 2023-07-01 ∼ 2023-09-01 ]

बालबालिका चित्रकला प्रतियोगिता

विषयवस्तु: मलाई मनपर्ने कथा

क्याटेगोरीहरु :

क्याटेगोरी १ : (होइकुएन /योउचिएन )
क्याटेगोरी २ : प्राथमिक विद्यालय कक्षा १ देखि ३
क्याटेगोरी ३ : प्राथमिकविद्यालय कक्षा ४ देखि ६

प्रतियोगिता सुरु मिति: ०१/०७/२०२३

म्याद सकिने मिति : सेप्टेम्बर १ तारिख २०२३

विजेता घोषणा: अक्टुबर १५ तारिख २०२३

विजेता क्याटेगोरी : प्रत्येक क्याटेगोरिको लागी १ विजेता र २ जना सान्त्वना पुरष्कारको लागि घोषणा गरिनेछ।


पुरस्कार र क्याटेगोरी : 

क्याटेगोरी १ विजेता : Android Tablet, diploma

क्याटेगोरी २ विजेता : Wood box Deluxe art set, diploma

क्याटेगोरी ३ विजेता : Nintendo Switch Lite, diploma

सान्त्वना पुरष्कार : Surprise Gifts, diploma

प्रतियोगिताका नियमहरु: 

किन्डरगार्टेन र प्राथमिक विद्यालयमा जाने बालबालिकाहरूले मात्र भाग लिन पाउनेछन्।
एकजना सहभागीबाट एउटा मात्र चित्रकला स्विकार गरिनेछ साथै प्राप्त चित्र फिर्ता गरिने छैन!

अवधि  : सेप्टेम्बर १ तारिख २०२३ भित्र आइपुगेका चित्रकला मात्र प्रतियोगितामा समावेश गरिनेछ।

स्वतन्त्र प्रविधि/टेक्निक (कलर पेन्सिल, क्रेयोन, पानी रङ, आदिको प्रयोग) गर्न सकिने।

पेपर वर्क वा कार्डबोर्ड साइज A4 (२९.७cm x २१ cm) हुनुपर्ने।

प्रतियोगिताको विषय र नियमको पालना गर्नुको साथै सहभागी जापानबासी हुनुपर्नेछ।

क्योदाई रेमिट्टान्स र यसका कुनै पनि शाखा,एजेन्ट या प्रोमोटर र उनीहरुका परिवारले यसमा प्रतियोगितामा भाग लिन पाउने छैनन्।

आफ्नो चित्रकला यहाँ पठाउन सक्नुहुनेछ :-

इमेल ठेगाना :- digitalmarketing@kyodai.co.jp अथवा  कम्पनीको ठेगाना

 KYODAI REMITTANCE〒169-0073 Tokyo-To, Shinjuku-Ku, Hyakunin-Cho 2-4-8, Stairs Bldg. 2F. (अथवा हाम्रा कुनै पनि शाखा र एजेन्टमा गइ आफ्नो चित्रकला पेश गर्न सक्नुहुनेछ। )

चित्रकलाको पछाडिको भागमा पूरा नाम, उमेर, ठेगाना, विद्यालयको कक्षा श्रेणी, फोन नम्बर र राष्ट्रियता लेख्नुहोस्।


प्रतिलिपि अधिकार (COPYRIGHT)

सबै चित्रकला मौलिक हुनुपर्नेर्छ, सहभागी र उनका अभिभावकले सबै नियम बुझेको हुनुपर्नेछ।

हामीलाई प्राप्त चित्रकला हाम्रो मातहतमा रहनेछ, जुन भावी विज्ञापन अथवा अन्य व्यवसायिक क्रियाकलापमा प्रयोग गर्न सकिनेछ।

प्रतियोगीका लागि प्राप्त सामाग्रीहरुमा कुनै फोटो समावेश हुनु हुँदैन साथै यहाँको व्यक्तिगत गोपनीयतालाई असर पर्ने खालको छविहरू समावेश हुनु हुँदैन।

थप जानकारीको लागि बिना हिच्किचाहट आफ्नो जिज्ञासा राख्न सक्नुहुनेछ: nepal@kyodai.co.jp, 
 marketing@kyodai.co.jp or digitalmarketing@kyodai.co.jp