क्योदाई रेमिट्यान्स - परिवारबाट परिवारलाई
नक्शा - Site Map
मुख्य पृष्ठ>घटनाक्रम र थप>क्योदाई तेस्रो फोटोग्राफी प्रतियोगिता

क्योदाई तेस्रो फोटोग्राफी प्रतियोगिता[ 2023-06-21 ]

बाल फोटोग्राफी प्रतियोगिता

विषयवस्तु : खुल्ला (आफ्नो रुचिअनुसार )


 एकल समुह :

जुनियर हाई स्कूल, हाई स्कूल (चुगाक्को / कोको)

शुरु हुने मिति : २०२३ जुलाई १

अन्तिम मिति : २०२३ सेप्टेम्बर  १

 नतिजा प्रकाशन : २०२३ अक्टोबर  १५

विजेता श्रेणी/प्रकार:सुम्पूर्ण सहभागिहरु मध्य  १ जना विजेता र २ जना सान्त्वना पुरस्कारका विजेताहरु छनौट गरिनेछ ।

पुरस्कारहरु :

विजेता: DJI OSMO MOBILE SE STABILIZER

सान्त्वना पुरस्कारका विजेता: Surprise Gifts, diploma

प्रतियोगिताका नियमहरु;

-जुनियर हाई स्कूल र हाई स्कूल तहका विद्यार्थी एवं किशोर-किशोरीहरु (चुगाक्को र कोउकोउ )

-राम्रो र गुणस्तरीय एउटा मात्र फोटोग्राफी छनौट गरिनेछ।

-विषयवस्तु खुल्ला भएतापनी फोटोग्राफीमा यहाँको फोटो वा व्यक्तिगत जानकारी समावेश भएको हुनु हुँदैन ।

-फोटो मोबाइल फोनबाट खिच्नु पर्छ यद्यपी सजावटी फिल्टरहरू, इमोजीहरू, स्टिकरहरू, आदिको प्रयोग गर्न सकिने छैन।

-यदि तपाईंले फोटो (चमक, कन्ट्रास्ट, संतृप्ति, आदि) सम्पादन गर्नुहुन्छ भने, तपाईंले ओरिजिनल फोटो पनि पठाउनु पर्नेछ (कुनै पनि सम्पादन वा क्रपिङ बिना)।

-पठाइएका फोटोग्राफी कहिँ-कतै प्रकाशित भएको हुनु हुनुहुँदैन अर्थात तिनीहरू पहिले कुनै प्लेटफर्ममा प्रकाशित वा कुनै उद्देश्यको लागि प्रयोग गरिएको हुनु हुँदैन।

नोट, क्योदाई रेमिट्यान्सका कोही पनि कार्यकर्ता अथवा प्रवर्द्धकको प्रत्यक्ष परिवारका सदस्यहरूले भाग लिन पाउने छैनन्।

फोटोग्राफी कसरी पठाउने ?

फोटोग्राफी हाम्रो इमेल ठेगाना digitalmarketing@kyodai.co.jp मा  निम्न विवरणको साथ पठाउनुहोला;

विषय: "Mobile Photography Contest" 

फोटोग्राफीको शीर्षक

 पुरा नाम

नाम

उमेर

राष्ट्रियता

ठेगाना

मोबाइल/सम्पर्क नम्बर 

प्रतिलिपी अधिकार शृजनाहरु सहभागी स्वयमले बनाइएको हुनुपर्नेछ । प्रतियोगितामा सहभागि हुनुको अर्थले सहभागी तथा अभिभावकहरु लाई प्रतीयोगिताको न्युनतम आधारहरू थाहा भएको जनाउँछ। प्रतियोगीबाट प्राप्त र प्रकाशित रचनाहरु क्योदाई रेमिटेन्सको सम्पत्ति हुनेछन, जुन विज्ञापन उद्देश्यका लागि प्रयोग गर्न सकिनेछ तर व्यावसायिक रूपमा होइन।

रचनात्मक सामाग्रीमा प्रतियोगीका फोटोहरु वा व्यक्तिगत जानकारी समावेश हुनु हुँदैन जसको खुलासाले ब्यक्तिगत गोपनीयतालाई असर गर्न सक्छ।

कृपया केही जिज्ञासा भएमा हामीलाई इमेल मार्फत सम्पर्क  होला ।
digitalmarketing@kyodai.co.jp