क्योदाई रेमिट्यान्स - परिवारबाट परिवारलाई
नक्शा - Site Map
मुख्य पृष्ठ>देन्सिन फुरीकोमी मार्फत पैसा पठाउनुहोस् (इलेक्ट्रोनिक बैंक ट्रान्सफर)

देन्सिन फुरीकोमी मार्फत पैसा पठाउनुहोस् (इलेक्ट्रोनिक बैंक ट्रान्सफर)

 तपाईंले आफ्नो मोबाइल बैंकिङ एप मार्फत अथवा सिधै आफ्नो बैंकको खाता मार्फत हाम्रो Kyodai Remittance (Unidos Co.Ltd.)को कुनै एक खातामा पैसा ट्रान्सफर गर्नसक्नुहुन्छ । देन्सिन फुरीकोमी(इलेक्ट्रोनिक बैंक ट्रान्सफर) गर्नुभएको जानकारी KYODAI App, email अथवा फोन सम्पर्क मार्फत हामीलाई खबर गर्नु भएपछि तपाईंको रेमिटेन्सको प्रक्रिया पुरा हुन्छ ।

ध्यान दिनुपर्ने कुराहरु:

  • तपाईं र रकम प्राप्त गर्ने तपाईंको रिसिभरको विवरण पहिले नै हाम्रो सिस्टममा दर्ता गरिएको हुनुपदर्छ ।
  •  हाम्रो खातामा तपाईंको जाईर्यु कार्ड अनुरुपको नामबाट रकम प्राप्त भएको हुनुपर्दछ ।
  •  रकम फुरीकोमी गरे लगत्तै हामीलाई KYODAI App,फोन, इमेल,फ्याक्स वा फेसबुक कुनैपनि आधिकारिक माध्यमद्वारा सम्पर्क गरि फुरीकोमी गरिएको रकम र रकम पाउने व्यक्तिबारे जानकारी दिनुपर्नेछ ।
  • तपाईंको नामबाट हाम्रो खातामा रकम प्राप्त भएको प्रमाणित भएपछि तपाईंको रेमिटेन्स प्रक्रिया अगाडि बढ्नेछ ।
  • रकम ट्रान्सफर गर्दा प्रत्येक पटक बैंकले बैंक/एटीएम सेवा शुल्क काट्नेछ ।

 इलेक्ट्रोनिक बैंक ट्रान्सफर मार्फत पैसा पठाउने समय :

  • जापान पोष्ट बैंक- हरेक दिन बिहान १०:०० देखि साँझ ६:४५ सम्म (जापानी सार्वजनिक बिदाको दिन बाहेक)
  • अन्य बैंकहरु- बिहान १०:०० देखि साँझ ६:४५ सम्म (शनिबार, आईतबार र जापानी सार्वजनिक बिदाको दिन बाहेक)

 तपाईंले हाम्रो तल दिएको विभिन्न बैंकको खाताहरुमध्य कुनै एकमा पैसा पठाउन सक्नुहुनेछ ।

बैंक खाता - Japan Post Bank   बैंक खाता - Mizuho Bank   बैंक खाता - Mitsubishi UFJ Bank

बैंक खाता - Mitsui Sumitomo Bank   बैंक खाता - Yokohama Bank   बैंक खाता - Resona Bank