क्योदाई रेमिट्यान्स - परिवारबाट परिवारलाई
नक्शा - Site Map
मुख्य पृष्ठ>घण्टी>क्योदाई स्टार अवार्ड २०२३

क्योदाई स्टार अवार्ड २०२३

सबै राष्ट्रियताका हाम्रा सम्पूर्ण सक्रिय ग्राहकहरूलाई सम्बोधन गरिएको अत्यधिक पुरस्कार प्रदान गरिने अभियान


क्याटेगोरीहरु (श्रेणीहरु)

स्टार जितौं

हाम्रो एप्लिकेसन डाउनलोड र प्रयोग गरेर  (KyodaiApp-क्योदाई एप )

रेमिट्यान्स गरेर

A - क्योदाई एप प्रयोग गरि रेमिट्यान्स

B -  हाम्रा कुनै पनि शाखा तथा एजेन्टहरु मार्फत रेमिट्यान्स

C -   हाम्रा साझेदार ATM मार्फत रेमिट्यान्स


D -   तपाईंको साथीलाई क्योदाई रेमिट्यान्समा दर्ता गर्न आमन्त्रित गरेर


क्योदाई स्टार अवार्ड २०२३

पुरस्कार राशि ¥४,५००,०००

अवधि:

 २०२३ जनवरी १ तारिख देखि

२०२३ डिसेम्बर ३१ तारिख सम्म

सहभागीहरू: 

 क्योदाईका सम्पूर्ण सक्रिय ग्राहकहरूले ३ महत्वपुर्ण राफलमा भाग लिन सक्नुहुनेछ ।

 पहिलो राफल २०२३ मे १२ तारिखमा हुनेछ

 राफलमा भाग लिन सकिने क्याटेगोरी: Silver Bronze   


दोस्रो राफल २०२३ सेप्टेम्बर १२ तारिखमा हुनेछ

 राफलमा भाग लिन सकिने क्याटेगोरी:  Gold - Silver  -  Bronze 


 तेस्रो राफल २०२४ जनवरी १२ तारिखमा हुनेछ

 राफलमा भाग लिन सकिने क्याटेगोरी:   Bumper*  -  Platinum  -  Gold  - Silver  -  Bronze


 बम्पर* = अत्यधिक स्टार प्राप्त ग्राहकहरू (राफल बिना)


पुरस्कारहरु


 आफुलाई प्राप्त स्टार कहाँ र कसरी हेर्ने ?


 क्योदाई रेमिट्यान्स स्टार अवार्ड २०२३

 नियम तथा सर्तहरु


१. - सामान्य नियम

१.१. २०२३ जनवरी १ तारिख देखि २०२३ देखि डिसेम्बर ३१ तारिख सम्म आयोजित "क्योदाई स्टार अवार्ड"ले कुनै एक समुदायलाई मात्र नभई हरेक देश र राष्ट्रियताका हाम्रा आदरणीय ग्राहकलाई सम्बोधन गर्दछ ।

१.२. ग्राहकको निरन्तर रेमिट्यान्स गतिविधि तथा अन्य विशेष सर्त एवं अवस्थाको आधारमा स्टार अंक बढ्दै जानेछ:

  • BRONZE (२० देखि ४९ सम्मका स्टारहरु)) 
  • SILVER (५० देखि ६९ सम्मका स्टारहरु)
  • GOLD (७० देखि ९९ सम्मका स्टारहरु) र
  • PLATINUM(१०० वा सो भन्दा माथिका स्टारहरु)

१.३. क्योदाईका सम्पूर्ण सक्रिय ग्राहकहरूले ३ महत्वपुर्ण राफलमा भाग लिन सक्नुहुनेछ । पहिलो राफल २०२३ मे १२ तारिख मा BRONZE र SILVER लेभलको लागि , दोस्रो राफल २०२३ सेप्टेम्बर १२ तारिखमा BRONZE, SILVER र GOLD लेभलको लागि र तेस्रो राफल २०२४ जनवरी १२ तारिखमा सबै लेभलको लागि हुनेछ ।सोही दिन अत्याधिक स्कोर प्राप्त गर्नुहुने ग्राहकहरुमध्य बम्पर उपहार बिजेता छानिनेछ।

१.४. विजेताहरूले क्योदाई रेमिट्यान्सलाई विज्ञापन र  प्रोमोसन (प्रवर्धनात्मक) उद्देश्यका लागि आफ्नो नाम, राष्ट्रियता र पुरस्कारको जानकारी कुनै पनि क्षतिपूर्ति बिना प्रयोग गर्ने अनुमती दिन सहमत हुनेछ ।

१.५.यस अभियानमा प्राप्त गरेका पुरस्कारहरू वास्तवमा विजेताहरूलाई हस्तान्तरण गरिएको देखाउन उत्सुक छौं। तसर्थ, हामी हाम्रा विजेता सदस्यहरूलाई स्वेच्छिक रूपमा हाम्रो काउन्टरहरूमा फोटो खिच्न वा हाम्रो इमेल: marketing@kyodai.co.jp मा प्राप्त पुरस्कार देखाउँदै स्वयमको फोटो पठाउन अनुरोध गर्दछौं।

१.६. क्योदाई रेमिट्यान्सले उल्लेखित नियम र सर्तहरू परिमार्जन गर्ने वा कुनै पनि चरणमा प्रवर्द्धन रद्द गर्ने, परिवर्तन तथा संशोधन गर्ने वा आवश्यक परेको खण्डमा आफ्नो नियन्त्रण विपरित परिस्थिति उत्पन्न भएमा समान मूल्यका अन्य पुरस्कारहरूसँग पुरस्कार प्रतिस्थापन गर्ने अधिकार सुरक्षित गर्दछ।



२. स्टार (अंक) प्रदान गर्ने प्रक्रिया

२.१. प्रत्येक सक्रिय ग्राहकको ०१/०१/२०२० देखि ३१/१२/२०२२ (३ वर्ष) सम्मका सबै रेमिट्यान्सहरु गणनामा समावेश गरिनेछ र यो अवधिमा गरिएका प्रत्येक पहिलो २० रेमिट्यान्सको १ स्टार र २० भन्दा माथिको हरेक रेमिट्यान्सको लागि आधा स्टार प्रदान गरिनेछ।

२.२. २०२१ मा दर्ता भएका नयाँ सदस्यहरूको प्रारम्भिक स्कोरको रूपमा १० स्टारहरु र २०२२ देखि दर्ता भएका नयाँ सदस्यहरूले प्रारम्भिक स्कोरको रूपमा २० स्टारहरु प्रात हुनेछ ।

२.३. KyodaiApp प्रयोग गर्ने सदस्यहरूलाई २० अतिरिक्त स्टारहरु प्रदान गरिनेछ।

२.४.अभियान अवधिमा सबै सहभागीहरूले पठाएको रकम अनुसार प्रत्येक कारोबारमा थप क्योदाई स्टार प्राप्त गर्नु हुनेछ:

 ३०,००० येन सम्म रेमिटहरूको लागि १ स्टार

३०,००१ देखि १००,००० येन सम्मका लागि २ स्टारहरू

१००,००० येन भन्दा बढी रेमिटहरूको लागि 3 स्टारहरू

२.५. साथै, यस वर्ष स्टार अवार्ड क्याम्पियन र फ्रेन्ड्स क्याम्पियनलाई लिङ्क गरिएको छ जसमा प्रस्तुतकर्ताले प्रति वर्ष २० जनासम्म नयाँ साथी चिनाए बापत प्रति नयाँ साथी ५ स्टारहरु प्राप्त गरि आफ्नो स्कोर बढाउन सक्नुहुनेछ ।


३. योग्यता तथा प्रवेश

३.१. राफल महिना भन्दा अघिल्लो ४ महिनामा गरिएका रेमिट्यान्सहरु यस क्याम्पियनमा भाग लिन योग्य रेमिट्यान्स हुनेछ ।

३.२. पैसा पठाउने र पाउने कम्पनी वा कर्पोरेट ग्राहक नभई व्यक्तिगत ग्राहक हुनुपर्नेछ ।

३.३. क्योदाई रेमिट्यान्स तथा क्योदाई मार्केटका (https://kyodaimarket.com/) निर्देशक-संचालक, प्रोमोटर-एजेन्ट र कर्मचारी तथा तिनका परिवार सदस्यहरुलाई यस अभियानमा सहभागी गराइने छैन ।

३.४. राफलमा सहभागि हुनको लागि ग्राहकको आईडी ID (निवासी कार्ड वा समकक्ष) को म्याद सकिएको हुनुहुदैन ।

३.५. योग्य ग्राहकहरू (सक्रिय + नवीकरण गरिएको आईडी अद्यावधिक गरिएको) उल्लेखित ४ स्तरहरू / राफल र तिनीहरूसँग सम्बन्धित पुरस्कारहरू मध्ये कुनै पनि वर्गीकरण गर्न सकिन्छ। उच्च राफल स्तरहरूमा ग्राहकहरूलाई तल्लो राफलको स्तरहरूमा भाग लिन अनुमति दिइनेछ ।


४. विजेता चयन र सूचना

४.१. सम्पूर्ण प्रोमोसन अवधिको लागि कुल ५५४ विजेताहरू (पुरस्कार) हुनेछन्।

  • ३७२ ब्रन्ज लेभल पुरस्कारहरू (A ५,००० येन क्योदाई मार्केट प्रडक्ट  सेट वा २,००० येन गिफ्ट कार्डहरू)। प्रत्येक राफलमा १२४ पुरस्कारहरू प्रदान गरिनेछ।
  • १२० सिल्भर लेभल  पुरस्कारहरू (A ९,००० येन क्योदाई मार्केट प्रडक्ट सेट वा एक कफी मेकर) प्रत्येक राफलमा ४० पुरस्कारहरू प्रदान गरिनेछ।
  • ४० गोल्ड लेभल पुरस्कारहरू (एक २०,००० येन क्योदाई मार्केट सेट वा Amazon FIRE HD 8 tablet)। दोस्रो राफलमा २० पुरस्कार र तेस्रो राफलमा २० पुरस्कार प्रदान गरिनेछ। 
  • १२ प्ल्याटिनम लेभल पुरस्कारहरू (एक ३०,००० येन क्योदाई मार्केट सेट वा SHOKZ OPENRUN Headphone) तेस्रो राफलमा  प्रदान गरिनेछ। 
  • १० बम्पर पुरस्कार अत्याधिक स्टार (राफल बिना) प्राप्त ग्राहकहरु को लागि तेस्रो राफलमा  (A CANOVER CAC 023 Bicycle) प्रदान गरिनेछ। 

४.२. ग्राहकहरुले गर्नु भएको योग्य रेमिट्यान्सको नम्बरलाई इलेक्ट्रोनिक ड्र मार्फत विजेताहरू अनियमित रूपमा चयन गरिनेछ ।

४.३. क्योदाईले विजेताहरूलाई SMS मार्फत (ग्राहकको फोनमा छोटो सन्देश), हाम्रो ग्राहक सेवाबाट इमेल तथा फोन कल मार्फत सुचित गर्नेछ। विजेताहरूलाई उपलब्ध पुरस्कारहरूका विकल्पहरूबाट पुरस्कार छनौट गर्न लगाई पुरस्कारहरू घरमै प्राप्त गर्नको लागि ग्राहकहरुको हालको ठेगाना पुष्टि गरिनेछ।

४.४. क्योदाईसँग आवश्यक परेको अवस्थामा उही मुल्य भएको उपहार परिवर्तन गर्ने अधिकार रहनेछ।

 पुरस्कारहरुको मुल्य बारे: उपहार कार्ड ¥२,००० / कफी मेकर ¥ ५,००० / Amazon FIRE HD 8 ¥ १२,००० / SHOKZ OPENRUN Headphone ¥ २०,००० / CANOVER CAC 023 साइकल ¥ ४०,०००

४.५. विजेताहरूले राफलको ६० दिनभित्र आफ्नो मान्य आईडी (ID) प्रस्तुत गरि पुरस्कार दाबी गर्नुपर्नेछ ।