KYODAI फ्रेन्ड्स क्याम्पियन २०२५
साथीलाई सिफारिस गर्नुहोस् र दुबैले ¥६०० प्राप्त गर्नुहोस्!
हामीले यो योजना जनवरी १ तारिख २०२५ देखी डिसेम्बर ३१ तारिख २०२५ सम्मका लागि सन्चालन गरिरहेको छौं।
तपाईंले आफ्नो साथीलाई क्योदाइ रेमिट्यान्समा दर्ता हुन सिफारिस गर्नुहोस् र दर्ता प्रकृया पुरा गरेर रेमिट्यान्स कारोबार गरिसकेपछी दुबैजनाले प्राप्त गर्नुहोस् ¥६०० को QUO पे गिफ्ट कार्ड।
Start sharing and WIN together! 🎉
KYODAI फ्रेन्ड्स क्याम्पियन २०२५
नियमहरु तथा शर्तहरु
1. नियमहरु
1.1. "KYODAI फ्रेन्ड्स क्याम्पियन २०२५" जनवरी १ तारिख २०२५ देखी डिसेम्बर ३१ तारिख २०२५ सम्म सम्पूर्ण KYODAI रेमिट्यान्सका सेवाग्राहीहरुका लागि लागु रहनेछ।
1.2. यसमा सहभागी हुनका लागि सिफारिसकर्ता ("Presenters") ले KYODAI रेमिट्यान्समा दर्ता भएर कारोबार गर्नुका लागि साथी तथा आफन्तहरुलाई सिफारिस गर्नुपर्ने छ।
1.3. उपहार
दर्ता भएर पहिलो रेमिट्यान्स कारोबार गरिसकेपछी:
सिफारिसकर्ता र नयाँ सदस्य दुबैले ¥६०० को गिफ्ट कार्ड प्राप्त गर्नुहुनेछ।
a) सिफारिस गर्नुहुने सेवाग्राहीले अतिरिक्त उपहारको रुपमा १० KYODAI STARS पनि प्राप्त गर्नुहुनेछ।
b) यो योजना अन्तर्गत यदी पहिलो रेमिट्यान्समा सेवा शुल्क लागेको छैन भने त्यसपछीको रेमिट्यान्सलाई नै पहिलो मानेर पुरस्कार प्रदान गरिनेछ।
1.4. कसरी सहभागी हुने:
सिफारिस गर्नुहुने ब्यक्ती क्योदाइ रेमिट्यान्सको प्रयोगकर्ता हुनु जरुरी छ। यो भन्नाले क्योदाइमा दर्ता भएर अप-टु-डेट व्यक्तिगत जानकारी छ, र सक्रिय रूपमा हाम्रा सेवाहरू प्रयोग गर्ने कुनै पनि व्यक्तिलाई बुझाउँछ।
नयाँ सदस्य (साथी) ले KyodaiApp मार्फत e-KYC गरेर वा KYODAI रेमिट्यान्सका काउण्टरमा पुगेर दर्ता गर्न सक्नुहुन्छ।
यदी KYODAI रेमिट्यान्सको प्रमोटर यसरी दर्ता प्रकृयामा सहभागी हुनुहुन्छ भने सिफारिस गर्नुहुने र दर्ता हुनुहुने दुबैजना यो योजनामा सहभागी हुन पाउनु हुनेछैन।
1.5. KYODAI रेमिट्यान्स अनी KYODAI मार्केटका कर्मचारी र त्यिनका परिवारीक सदस्य, पशिक्षार्थी, स्वतन्त्र करारवाला ब्यक्ती ( कुनै स्वरोजगार ब्यक्ती वा ब्यवसाय जसले KYODAI रेमिट्यान्सका लागि सेवा पुर्याउछ) र प्रमोटरहरुको सहभागिता यो योजनामा रहनेछैन।
1.6. KYODAI रेमिट्यान्सका कर्मचारीले कोही नयाँ सदस्यलाई सिफारिस गर्न सक्ने छन तर पुरस्कार नयाँ सदस्यले मात्र प्राप्त गर्नुहुनेछ।
1.7. KYODAI रेमिटेन्सले यी नियम तथा शर्तहरु परिमार्जन गर्ने वा आवश्यक ठानेमा कुनै पनि अवस्थामा खारेजी वा परिवर्तन गर्ने अधिकार सुरक्षित गर्दछ।
1.7.1. कुनै पनि संशोधन, परिवर्तन, वा प्रवर्द्धन रद्द भएको अवस्थामा, KYODAI रेमिटेन्सले आफ्नो आधिकारिक वेबसाइट र सोशल मिडिया च्यानलहरू मार्फत सेवाग्राहीहरुलाई सबै परिवर्तनको बारेमा सूचित गर्नेछ।
2. दर्ता प्रकृया
2.1. सिफारिसकर्ताले दर्ता हुने नयाँ सदस्यलाई आफ्नो KYODAI नम्बर शेयर गर्नुपर्नेछ।
2.2. सिफारिसकर्ताको KYODAI नम्बरलाई यदी नयाँ सदस्य KyodaiApp मार्फत दर्ता हुनुहुन्छ भने "Referral by" मा र KYODAI काउण्टरमा पुगेर दर्ता हुनुहुन्छ भने दर्ता फारामको “MGM” भनेको ठाउँमा राख्नु पर्नेछ।
2.3. KYODAI रेमिटेन्सले पुरस्कारको लागि योग्यता पुष्टि गर्न दर्ता प्रकृया र पहिलो कारोबारको निरिक्षण गर्नेछ।
3. मापदण्ड, पुरस्कार र भुक्तानी
3.1. KYODAI रेमिटेन्सले साप्ताहिक रुपमा निरीक्षण गरेर पहिलो रेमिट्यान्सको प्रमाणित गर्नेछ।
3.2. पुरस्कारको निर्णय र बितरणका लागि पहिलो कारोबारको निरीक्षण प्रकृया पछील्लो हप्ताको सोमबार देखी शनिबार सम्म हुन्छ। यदी रेमिट्यान्स कारोबार भएको छैन भने रेमिट्यान्स कारोबार हुने समय सम्मको लागि त्यतिकै रहनेछ।
3.3. २०२४ वा २०२५ मा दर्ता गरिएका सदस्यहरुले आफ्नो पहिलो रेमिटेन्स पूरा गर्न दर्ता भएको समयदेखि 9 महिनासम्मको समय पाउँछन्।
3.4. पुरस्कारलाई गिफ्ट कार्डको रुपमा बितरण गरिनेछ।
3.5. पुरस्कारको बितरण:
सेवाग्राहीले KYODAI दर्ता प्रकृयामा प्रदान गर्नुभएको जानकारी अनुरुप सेवाग्राहीले भौतिक "QUO CARD" वा QUO PAY Digital card प्राप्त गर्नुहुनेछ।
सिफारिस गर्नुहुने ब्यक्तीले पुरस्कार प्राप्त गर्नुको लागि KYODAI रेमिट्यान्सलाई उपलब्ध गराउनु भएको आफ्नो संपर्क विवरण ठीक छ वा छैन सुनिश्चित गर्नुपर्नेछ।
पुरस्कार तयार भैसकेपछी ईमेल वा KYODAI रेमिट्यान्सका कर्मचारी मार्फत सुचित गरिनेछ।
यदी ६० दिन सम्म पनि कुनै जबाफ प्राप्त नभएमा पुरस्कार स्वत: खारेज हुनेछ।
नयाँ सदस्यले प्राप्त गर्नुहुने पुरस्कार (QUO PAY Digital card) KYODAI रेमिट्यान्समा उपलब्ध गराउनु भएको विवरण मुताबिक प्राप्त गर्नुहुनेछ।
4. DISCLAIMER
KYODAI रेमिटेन्स, पुरस्कारको प्राप्ती वा प्रयोगबाट उत्पन्न हुने कुनै हानि, नोक्सान वा चोटको लागि जिम्मेवार हुँदैन। योजनामा भाग लिएर, सदस्यहरुले KYODAI रेमिटेन्स गोपनीयता नीतिमा उल्लेख भए बमोजिम आफ्नो व्यक्तिगत जानकारीको प्रयोगका लागि पूर्ण नियम र सर्तहरू र सहमतिमा सहमति जनाएको हुनेछ।
अहिलेनैं आफ्ना साथीहरुलाई KYODAI सिफारिस गर्नुहोस् र पुरस्कारका साथ रमाउनुहोस् !