Kyodai Smart Card मार्फत रकम डिपोजिट गर्नुहोस्
KYODAI SMART CARD के हो त ?

KYODAI SMART CARD-तपाईंले Kyodai APP मा सिधै रकम जम्मा गरि राख्न मिल्ने कार्ड हो
विभिद रकम कारोबारका लागि एउटै ATM सेवा शुल्क
Kyodai App मार्फत एक पटक रकम डिपोजिट गरि एकभन्दा बढी रिसिभरलाइ पठाउन सकिने
यो सेवा जापानभरका जापान पोष्ट बैंक र लसन बैंकको ATM मा उपलब्ध छ।
पैसा पठाउने सबैभन्दा स्मार्ट तरिका
KYODAI SMART CARD कसरी अनुरोध गर्ने
यो कार्ड तपाईंको Kyodai APP बाट मात्र विशेष रूपमा अनुरोध गर्न सकिनेछ।

KYODAI SMART CARD निम्न ATM मा प्रयोग गर्न सक्नुहुनेछ
पहिले तपाईंले आफ्नो कार्डमा ब्यालेन्स जम्मा गर्नुपर्नेछ :

NOTE: ATMमा KYODAI Smart Card प्रयोग गर्नेबारे थप जानकारी तल हेर्नुहोला :

जापान पोष्ट बैंक ATM सेवा
जापानभर छरिएर रहेका जापान पोष्ट बैंकको ३२००० ATM मार्फत पैसा पठाउन सकिनेछ ।
विस्तृत जानकारीको लागि यहाँ जापान पोष्ट बैंकका लोकेशनहरु क्लिक गर्नुहोस् । (जापानी भाषामा मात्र )
KYODAI Smart Card जापान पोष्ट बैंकको ATM मा प्रयोग गर्दा लाग्ने शुल्क:
*ATTENTION: ATM transaction fee updated on April 1, 2026. Please check the link


लसन बैंकको ATM सेवा
अब तपाईंले जापानभर रहेका लसन बैंकको १३,००० भन्दा बढी ATM मा समेत KYODAI Smart Card प्रयोग गर्न सक्नुहुनेछ, जुन सेवा ३६५ दिन चौबिसै घण्टा उपलब्ध छ ।
विस्तृत जानकारीको लागि यहाँ लसन बैंकको ATM लोकेशनहरु क्लिक गर्नुहोस् । (जापानी भाषामा मात्र )
लसन बैंकको ATM मा KYODAI Smart Card प्रयोग गर्दा लाग्ने सेवा शुल्क :
*ATTENTION: ATM transaction fee updated on April 1, 2026. Please check the link


कसरी पैसा पठाउने
अब आफ्नो Kyodai App मा जानुहोस् र ब्यालेन्स अपडेट भएपछि, पैसा पठाउनुहोस् (send money now) मा क्लिक गर्नुहोस् र रेमिट्यान्स गर्न आफ्नो पैसा पाउने व्यक्ति चयन गर्नुहोस्।

महत्त्वपूर्ण बुँदाहरू:
- जापान बाहिर बसोबास गर्ने रिसिभरलाई मात्र KYODAI Smart Card प्रयोग गरी पैसा पठाउन मिल्नेछ।
- अन्तर्राष्ट्रिय रेमिट्यान्स कारोबार सर्तहरू बमोजिम क्योदाई रेमिट्यान्समा सदस्यता दर्ता हुनुभएको सदस्यले मात्र KYODAI Smart Card प्रयोग गर्न सक्नुहुन्छ।
- क्योदाई रेमिट्यान्सको सेवा शुल्क प्रत्येक देश अनुसार फरक-फरक हुनेछ।
- ATM मा पैसा डिपोजिट गर्दा नोट मात्र डिपोजिट गर्न सक्नुहुनेछ।
- क्योदाई रेमिट्यान्सको सेवा शुल्क र ATM शुल्क काटेर रेमिट्यान्स गरिने छ। सेवा शुल्क सम्बन्धी थप जानकारीको रेमिट्टान्स सेवा शुल्क तालिका मा क्लिक गर्नुहोला ।
- रेमिट्यान्स गर्ने रकमको लिमिट पैसा प्राप्त गर्ने देशको नियमानुसार निर्धारण हुनेछ ।
- यदि यहाँको क्योदाई कार्ड बिग्रिएमा, चोरी या हराएमा कृपया हाम्रो KYODAI Customer Service मा सम्पर्क गर्नुहोला ।